‘संघीयताबाहेक सबै विषयमा सहमति भईसकेको छ’ : सञ्चारमन्त्री

211
  •  
  •  
  •  

काठमाडौ, ११ कार्तिक (ओएनएस) : सूचना तथा सञ्चारमन्त्री डा मिनेन्द्र रिजालले प्रदेशको सख्या, नाम र सिमाङकन बाहेकका सम्पूर्ण विवादित विषयहरुमा सहमति भईसकेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा मन्त्री रिजालले न्यायप्रणाली, निर्वाचन प्रणाली र शासकीय स्वरुपमा दलहरुवीच प्रमुख दलहरुवीच अन्र्तमनदेखि नै सहमति भइसकेको जानकार दिए ।
‘त्यसलाई औपचारिकता दिन बाँकी छ’ उनले भने ।

रिजालले एमाओवादी र मधेसवादी दलहरुले संघीयतामा ‘बार्गेनिङ’ गर्न शासकीय स्वरुपलगायत सहमति भएको विषयहरुलाई औपचारिकता नदिएको जानकारी दिए ।
साथै शासकीय स्वरुपमा संसदप्रति उत्तरदायी कार्यकारी प्रधानमन्त्री हुने र सरकारलाई टिकाउ बनाउन अलग्गै ब्यवस्था गर्ने गरी सहमति भएको रिजालले बताए ।

‘सहमतिमा संविधान जारी गर्ने भए सहमति भएको विषयहरुलाई लुकाउनु हुँदैन’ उनले भने,  सबै पार्टीले आफ्नो घोषणापत्रमा सहमति नभए प्रक्रियाबाट संविधान जारी गर्ने भनि प्रतिबद्धता ब्यक्त गरेकोले प्रक्रिया विवादको विषय बनाउनु हुँदैन ।’

रिजालले सहमति भएका विषय मस्यौदा समितिलाई दिएर मस्यौदा बनाउने र बाँकी रहेको विवादित विषयमा संबैधानिक राजनीतिक संबाद समितिमा छलफलसँगै अगाडि बढाउनु पर्नेमा जोड  दिए ।
‘त्यसो गर्न नसके माघ ८ गते संविधान जारी गर्ने ब्यवहारिक पाटो सफल हुन सक्दैन’ उनले भने  ।


  •  
  •  
  •