‘चीनको एजेन्ट’ भनि लगाएको आरोपको खण्डन गर्न जरुरी छैन : सञ्चारमन्त्री

288
  •  
  •  
  •  

minendra rijalकाठमाडौ, १७ मंसिर (ओएनएस) सुचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले आफूलाई चीनको एजेन्ट भनि गरेको टिप्पणीको खण्डन गर्न आवश्यक नरहेको भन्दै उनले कसैको आरोपको पछि लाग्न नसक्ने स्पष्ट पारेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार जयदेव रानादेले रिजाललाई चीनीया एजेन्ट भनि आरोप लगाएका थिए । मोदीको लुम्बिनी भ्रमण स्थगित गर्न चीनको हात रहेको उल्लेख गर्दै रानादेले रिजाल लगायतका मन्त्रीहरुले मोदीको भ्रमण स्थगित गर्न भूमिका खेलेको आरोप लगाएका थिए ।

मन्त्री रिजालले भने ‘हिजो विधार्थी राजनीतिमा पनि हामीलाई यस्ता खाले आरोपहरु लाग्ने गरेका थिए, तर सार्वजनिक जीवनमा भएकाले यस्ता खाले आरोपहरुको खण्डन गर्न जरुरी छैन । म कसैको पक्ष भन्दापनि नेपाली र नेपालको पक्षमा कामगर्ने व्यक्ति हुँ ।’’

यसैबिच , माघ ८ गते संविधानजारी गर्ने सर्तमा सहमतिको लागि राष्ट्रिय सरकार बनाउन नेपाली काँग्रेस तयार रहेको स्पष्ट पारेका छन ।  राजधानीको एक कार्यक्रममा नेकपा एमाले र नेपाली काँग्रेसबीच सातबुँदे सम्झौता हुने वित्तिकै पनि सहमतिको सरकारको लागि आब्हान गरेको स्मरण गर्दै अहिले पनि संविधानमा सबैको स्वामित्वबोध गराउन सहमतिको सरकार बनाउन आफूहरु तयार रहेको स्पष्ट पारे ।
उनले भने–‘‘हाम्रो लागि सरकार भन्दापनि संविधान प्राथमिकता हो, सुशील कोइरालाको नेतृत्वमा माघ ८ गतेभित्रै मुलुकलाई लोकतान्त्रिक संविधान दिन एमाओवादी र मधेशवादीदललाई समेत सरकारमा ल्याउन तयार छौं ।’’
उनले भने–‘‘अझै आठ÷दशवटा चरणहरु बाँकी छन । यस्तो महत्वपूर्ण बेलामा संविधानसभालाई बन्धक बनाउने काम भएको छ । कतै पहिलो संविधानसभाको जेठ २ कै दिन दोहोर्याउन डा बाबुराम भट्टराई लागेका त छैननभन्ने आशंकाउत्पन्नभएको छ । ’’

आफूहरु अहिले पनि सहमतिमै संविधानजारी गर्ने पक्षमा रहेको ठोकुवा गरे । उनले भने–‘‘हाम्रो साझाधारणाले सहमतिगर्न अझै सजिलो भएको छ ।


  •  
  •  
  •