सबै दल छलफलमा बस्नुपर्छ, नयाँ विकल्प निस्कन्छ : रिजाल

106
  •  
  •  
  •  

Minendra Rijalकाठमाडौँ, २६ मंसिर  (ओएनएस) : नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता हुँदैमा त्यसको विरोधमा संसद नै अवरुद्ध गर्नु गलत रहेको बताएका छन् ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता रिजालले भने, ‘कसैलाई मन पर्दैन भने संशोधन प्रस्तावबारे पनि संशोधन गर्न सकिन्छ, संसद अवरुद्ध गरेर के हुन्छ ? यो त राम्रो होईन ।’ प्रस्तावित संशोधन प्रस्तावमा कसैको चित्त नबुझे त्यसमा पनि संशोधन राख्न सकिने उनले बताए ।

नेता रिजालले संसदभित्रै आएर यसबारेमा आफ्नो धारणा राख्नुपर्ने भन्दै एमालेलाई संसद अवरुद्ध नगर्न आग्रह गरे ।

दलहरूबीचको धेरै विवादका बावजुद पनि नयाँ विकल्प निस्किएका उदाहरण रहेकोे उल्लेख गर्दै नेता रिजालले भने, ‘अहिलेपनि रचनात्मक रुपमा सबै दलहरू छलफलमा बस्नुपर्छ, सहमतिको मिलनबिन्दू वा नयाँ विकल्प निस्किन्छ ।’

एमालेले संविधान संशोधन प्रस्तावमा अन्तिम सत्य देखिसकियो भनेर प्रस्तुत हुनु भन्दा संसद चल्न दिनु पर्ने उनको भनाई छ ।
मुलुकलाई चुनावमा होम्याउनको लागि पनि मधेशी मोर्चालाई सहमतिमा ल्याउन जरुरी रहेको नेता रिजालले बताए ।


  •  
  •  
  •