‘मन्त्रीहरुले जेल जाने हो भनेर फेरि तर्साए संसद छाडिन्छ’ : कांग्रेस नेता रिजाल

78
  •  
  •  
  •  

काठमाडौँ, ३१ जेठ (ओएनएस) : मन्त्रीहरुले जेल जाने हो भनेर फेरि तर्साए संसद छाडिने प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद मिनेन्द्र रिजालले चेतावनी दिएका छन्।

बिहीबारको संसद बैठकमा बोल्दै सांसद रिजालले सरकारका मन्त्रीहरुले काम गर्ने मन छ कि छैन रु जेलमा जाने हो भन्दै तर्साउने थालेको खुलासा गरेका छन्।

उनले भने,’यस्तै अवस्था रहने र संसदमा प्रतिपक्षले आफ्नो ठाउँ नपाउने अनि संविधानको कार्यान्वयन हुन्छ भन्ने पनि विश्वास भएन भने संसद छाडेर जनताको माझमा जाने छौँ’

सांसद रिजालले संसदमा विपक्षीका हरेक २० सांसदको अगाडि सत्ताको ५५ जना सांसद रहेपनि मतदातामा कांग्रेसका २० हुँदा सत्तापक्षको २७ मात्र रहेको हिसाव सुनाउँदै भने, ‘संसदमा ठाउँ नपाइने, संविधान कुल्चिने, दुई तिहाइको दम्भबाट जबरजस्ती काम हुने हो भने हामीले २० ले ५५ होइन, २७ सँग जुध्ने गरी बाहिर जानु पर्ने बाध्यता सिर्जना हुनेछ ।’


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here