मिनभवनमा प्रर्दशनकारी र प्रहरीबीच झडप…(फोटोफिचर)

119
  •  
  •  
  •  

baneshwor view3काठमाडौं, १६ फागुन(ओएनएस) : तिनकुनेमा भेला भएर खुल्ला मञ्चतर्फ अघि बढेको ३० दली गठबन्धनको जुलुस र प्रहरीबीच मिनभवनमा झडप भएको छ । सरकारले संविधानसभा भवन अगाडीको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेका कारण प्रहरीले जुलुस अघि बढ्न रोक लगाएपछि झडप भएको हो ।

jhadap5आन्दोनलकारी प्रहरीर्लाइ मिचेर अघि बढ्न खोजेपछि केहीबेर घम्साघम्सी भएको थियो । त्यसबीचमा आन्दोलनकारीहरु मिचेर अघि बढ्न लागेपछि प्रहरीले केही राउण्ड अश्रुग्यास फायर गरेको थियो । फायर सुरु भएपछि आन्दोलनकारी तितरवितर भएका थिए ।

आन्दोलनकारी तितरवितर हुँदा त्यहाँ गुडिरहेका तिनवटा मोटरसाइकल सडकमै पल्टिएका छन् । मोटरसाइकल चालकको अवस्थाबारे अझै जानकारी आइसकेको छैन । झडप जारी रहेका वेला एकीकृत नेकपा माओवादीका नेता अग्नी सापकोटाले प्रहरीसँग साइडको लेनमात्र आन्दोलनकारीले प्रयोग गर्ने बताएपछि प्रहरीले त्यो बाटो प्रयोग गर्न र शान्तिपूर्ण रुपमा आन्दोलन अघि बढाउन सहमति दिएको छ । अहिले आन्दोलनकारीहरु भागाभागका क्रममा छोडेका झण्डा टिपेर साइडको लेनबाट आन्दोलन अघि बढाएका छन् ।

baneshwor view baneshwor view2 baneshwor view1 jhadap6


  •  
  •  
  •