पूर्वमन्त्री विश्वकर्माको भेन्टिलेटरबाट उपचार शुरु

70
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मीन विश्वकर्माको भेन्टिलेटरबाट उपचार शुरु गरिएको छ।

ग्राण्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेका विश्वकर्माको स्वास्थ्यमा सुधार नभएपछि भन्टिलेटरको सहायताले उपचार शुरु गरिएको हो । उनका सहयोगी आकाश उप्रेतीका अनुसार भेन्टिलेटरमा पाँच दिनको उपचारको कोर्स पुरा गर्दा निमोनिया निको पार्न सकिने डाक्टरहरुको अपेक्षा छ ।

पूर्वमन्त्रीसमेत रहेका ५३ वर्षीय विश्वकर्मालाई कोरोना संक्रमणसँग निमोनिया पनि देखिएपछि आईसीयूमा उपचार शुरु गरिएको थियो।

 


  •  
  •  
  •