गाइभैसीको दुधमा पनि मन्द विष !

187
  •  
  •  
  •  

काठमाडौं २७ साउन (ओएनएस) :
लगनखेलको एक एग्रोभेट स्टोरमा पुगेर विश्वास दिलाएपछि संचालकले ५ सय ५० रुपैयाँमा ५० थान अक्सिटोसिन हर्मोन, एउटा सिरिन्ज र १० वटा सुई थमाए ।
गाईभैसीको दूध बढ्ने विश्वाससहित चाहिएका बेला पर्गान उक्त औषधि प्रयोग हुँदै आएको छ । उसको वास्तविक प्रयोग गर्भवती महिलालाई बेथा लगाउन र बच्चा जन्माइसकेपछि अधिक रक्तस्राव रोक्नका लागि हो । स्वास्थ्थलाई हानी पुर्याउने भएकाले डाक्टरको सिफारिसमा बेच्न पाइँदैन् ।
यही औषधि गाईभैसीमा प्रयोग गर्दा थुनको मासंपेशीमा कृक्रिम उत्तेजना पैदा भइ तत्काल दूध निक्लिन्छ । दुरुपयोगको आधार यही प्रभाव हो ।

चरम दुरुपयोग

खुला सीमाबाट अवैध रूपमा समेत आयात हुने अक्सिटोसिन दुरुपयोगको मात्रा आकलन गर्न कठिन छ। औषधि व्यवस्था विभागद्वारा हालै संकलित तथ्यांकअनुसार गत आर्थिक वर्ष नेपाली कम्पनीले उत्पादन गरेका करिब ७ लाख २५ हजार एम्पुल (सिसाको भाँडोमा राखिने एक मिलिलिटर) सहित १० लाख ५५ हजार एम्पुल अक्सिटोसिनको वैधानिक कारोबार भयो। तथ्यांक विभागको बालबालिका र बाल मृत्युदरसम्बन्धी तथ्यांकअनुसार नेपालमा हरेक वर्ष बढीमा ५ लाख महिलाले बच्चा जन्माउँछन्। करिब ३३ प्रतिशत महिलाले मात्र अस्पतालमा बच्चा जन्माउँछन्। भरतपुर अस्पतालका गाइनोकोलोजिस्ट जागेश्वर गौतमका भनाइमा ‘अस्पताल आएकामध्ये बढीमा ५० प्रतिशत महिलामा अक्सिटोसिन प्रयोग गरिन्छ।’ यसबाट गर्भवती महिलामा वाषिर्क करिब ८३ हजार एम्पुल अक्सिटोसिनमात्र प्रयोग हुने देखिन्छ।

गत वर्ष कारोबार भएका बाँकी ९ लाख ७२ हजार एम्पुल र अवैध रूपमा खुला सिमानाबाट भित्रिने अक्सिटोसिनको ठूलो हिस्सा कहाँ गयो त? पशु प्राविधिकहरूले ती अक्सिटोसिन गाईभैंसीमा प्रयोग भएको बताए। ‘गाईभैंसीमा अक्सिटोसिनको प्रयोग व्यापक छ,’ ललितपुरको बुङमती पशु सेवा केन्द्रका प्राविधिक नरेन्द्रबहादुर पाण्डेले भने, ‘गाईभैंसी भएको ठाउँमा जहाँ पनि अक्सिटोसिन प्रयोग हुन्छ।’
अक्सिटोसिन शरीरमै उत्पादन हुने एक प्रकारको हर्मोन हो । चिकित्सहरुको भनाइमा यसको कृतिम प्रयोगले हर्मोन असन्तुलन, मस्तिष्कमा रक्तस्राव, रगतमा ढिक्का जम्मा भइ नसा फुटेर मृत्यु हुनेसम्मका घातक परिणाम आउन सक्छन् ।

कान्तिपुरबाट


  •  
  •  
  •