आजदेखि महँगियो दूध

281
  •  
  •  
  •  

milkकाठमाडौं १६ पुस ।  सरकारले भान्सामा अत्यावश्यक पोषण पेय दूधको मूल्य लिटरमा आठ रुपैयाँ बढाएको छ। मूल्य समायोजन गर्न भन्दै बढाइएको आठ रुपैयाँमध्ये पाँच रुपैयाँ ५२ पैसा किसानले र दुई रुपैयाँ ४८ पैसा उद्योगले दुग्ध विकास संस्थान (डीडीसी) ले जानकारी दिएको छ।
डीडीसीका महाप्रबन्धक गंगा तिमिल्सिनाका अनुसार नयाँ मूल्य बुधबारदेखि लागू हुनेछ। नयाँ मूल्यले उपभोक्तालाई मार पर्ने तर कच्चा दूधको उत्पादन लागतअनुसार ‘मूल्य समायोजन’ गर्नुपरेको उनले बताए।
उनका अनुसार चार प्रतिशत चिल्लोपना र आठ एसएनएफ मापदण्डको नीलो प्याकेट दूधको प्रतिलिटर उपभोक्ता मूल्य ५६ रुपैयाँबाट ६४ रुपैयाँ पु:याइएको छ। उच्च चिल्लोपना भएको हरियो प्याकेट दूधको मूल्य प्रतिलिटर ७० बाट बढाएर ७८ रुपैयाँ पुर्‍याइएको छ।
केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले यो मूल्य समायोजनअनुसार किसानको उत्पादन लागत मूल्यअनुसार ५० प्रतिशत मात्र घाटा कम भएको जानकारी दिए।  अन्नपूर्णपोष्टबाट

  •  
  •  
  •