बढ्यो दुधको मूल्य

257
  •  
  •  
  •  

काठमाडौं । दूधको मूल्य बढेको छ । दुग्ध विकास संस्थान (डिडिसीले) शनिबारबाट लागू हुनेगरी मूल्य बढाएको हो ।

डिडिसीका सूचना अधिकारी सुवास भट्टराईले डिडिसीले बेच्दै आएको हरेक रङको प्याकेटमा ३ रुपैयाँ बढाइएको जानकारी गराए ।

आधा लिटरका उक्त प्याकेटमा प्रतिप्याकेट ३ रुपैयाँ बढाइएपछि अब एक लिटरमा ६ रुपैयाँ बढेको छ । डिडिसीले हाल प्रतिलिटर ७० रुपैयाँमा दूध बेचिरहेको छ । शनिबारबाट मूल्य बढेर प्रतिलिटर ७६ रुपैयाँ कायम हुनेछ ।


  •  
  •  
  •