काठमाडौँ, ३ चैत्र(एजेन्सी) : इक्वेडरको जंगलमा सेनाको विमान दुर्घटना हुँदा विमानमा सवार सबै २२ जनाको मृत्यु भएको छ । इक्वेडरका राष्ट्रपति राफेल कोरियाले यस घटनाको पुष्टी गरेका छन् ।
१९ जवान प्यारासुटको तालिमका लागि गइरहेको अवस्थामा उक्त दुर्घटना भएको समाचारमा जनाइएको छ ।
विमान अमेजन क्षेत्रमा रहेको पास्ताजा राज्यततर्फ आउने क्रममा दुर्घटनाग्रस्त भएको हो । विमानमा २ चालक, एक मेकानिक समेत २२ जनाको मृत्यु भएको हो । राष्ट्रपति कोरियाले यस घटनालाई देशका लागि अत्यन्त दुखदायक भएको बताएका छन् । उनले भनेका छन्, ‘दुर्घटनामा कोही जिवित बचेका छैनन् ।’
दुर्घटनाको कारणबारे केही थाहा हुन नसकेको समाचारमा जनाइएको छ ।