जलेश्वरको कारागारमा सेना परिचालन

395
  •  
  •  
  •  

जलेश्वर, १३ असोज(ओएनएस) : महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको कारागारमा नेपाली सेना परिचालन गरिएको छ ।

मधेस आन्दोलनका क्रममा हुन सक्ने सम्भावित हिंसात्मक प्रदर्शनका कारण कारागार असुरक्षित हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीले सेना परिचालन गर्ने निर्णय गरेको हो ।

कारागारमा प्रकौलीमा रहेको श्री फस्ट राइफल गणका क्याप्टेन सुमन खत्रीको कमाण्डमा ३९ जना सैनिक जलेश्वर कारागारमा खटाइइएको छ । प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेका अनुसार सरकारको निर्देशन अनुसार नै कारागारमा सेना खटाइएको हो ।


  •  
  •  
  •