गायक मिका सिंह पक्राउ, जमानतमा रिहा

232
  •  
  •  
  •  

काठमाडौ, २८ जेठ(एजेन्सी) : भारतका लोकप्रिय गायक मिका सिंहलाई दिल्ली प्रहरीले जमानतमा रिहा गरेको छ । सिंहलाई दिल्ली प्रहरी बिहिबार पक्राउ गरेको केहि घण्टामै जमानतमा रिहा गरेको हो ।

उनले गत अप्रील १२ मा भएको एक कन्सर्टको दौरान एक डाक्टरलाई गालामा थप्पड लगाएका थिए । उनले आँखाको डाक्टरलाई चड्कन लगाएका थिए । त्यसपछि सिंहबिरुद्ध प्रहरीमा उजुरी परेको थियो ।

https://www.youtube.com/watch?v=RYvDZa6DI6U

दिल्लीका नेत्र विशेषज्ञहरुले गरेको कन्सर्टको लाइभ भइरहदा सिंहले आक्रमण गरेका थिए । स्टेजमा महिला नाचिहरेको बेला आएको भन्दै सिंहले डाक्टरलाई चेतावनी दिएका थिए । सिंहले ती डाक्टरलाई स्टेजमै बोलाएर चड्कन लगाएका थिए । त्यसपछि भारतीय चिकित्शकहरुले सिंहलाई बहिष्कार गर्नुका साथै पक्राउको माग गरेका थिए ।


  •  
  •  
  •