माइग्रेन छ ? सेक्स गर्नुस्, आराम पाउनुस्

257
  •  
  •  
  •  

headaches-310x210काठमाडौं, (एजेन्सी) : माइग्रेनको दुखाई या टाउकोको एउटा भागमा असहनीय पीडा सहन बाध्य भएकाहरुका लागि खुसीको खबर छ । एक अध्ययनका अनुसार माइग्रेनको समस्यासँग जुझिरहेकाहरु र लगातार दैनिक औषधी सेवन गरिरहेकाहरुले यसबाट मुक्ति पाउने छन् ।

तर, उपचार भने अलिक अनौठो छ । अध्ययनका अनुसार माइग्रेनका क्रममा शारीरिक सम्बन्ध अर्थात् सेक्स गर्दा दुखाईबाट छुटकारा पाउन सकिन्छ । जर्मनीका शोधकर्ताहरुको तर्फबाट सार्वजनिक गरिएको एक रिपोर्टअनुसार माइग्रेनबाट ग्रस्त ६० प्रतिशत विरामी र आमरूपमा असहनीय पीडा सहन बाध्य भएकाहरुले दुखाईका क्रममा शारीरिक सम्बन्ध कायम गर्दा दुखाईको असर कम गर्ने र कतिपय अवस्थामा दुखाई अन्त्यमा सहयोगी सिद्ध भएको बताए । यस शोधमा माइग्रेनको समस्या भएका ८ सयका साथै अन्य दुई सय जनालाई सहभागी गराइएको थियो । जसलाई आमरुपमा टाउको दुखाईसम्बन्धी समस्या थियो ।

शोधमा टाउको दुखाईका क्रममा सेक्स गरेपछि हरेक पाँचमध्ये एक जनाको दुखाई पूर्णरुपमा अन्त भएको पाइयो । शोधकर्ता भन्छन्,–सामान्तयाः टाउको दुखाईका क्रममा मानिस सेक्सबाट टाढा रहन्छन्, जबकी यसबाट दुखाई कम गराउन सहयोगी सिद्ध हुनेछ । जर्मनीको मुन्स्टर युनिभर्सिटीमा भएको यो शोधमा सहभागी एक शोधार्थीले भने, ‘हामीले पायौ कि सेक्स टाउको दुखाईलाई आंशिक या पुरै अन्त्य गर्न महत्वपूर्ण छ । औषधीको सट्टा माइग्रेनको दुखाई या तिब्र टाउको दुखाईका क्रममा सेक्स गर्ने हो भने यो शरीरका लागी पनि उत्तम हुनेछ ।


  •  
  •  
  •