माइक्रोसफ्टले ल्यायो अफिस प्याकेजका लागि एप्लिकेशन

114
  •  
  •  
  •  

iphone-office-packageकाठमाडौ, २१ कात्तिक(एजेन्सी) : माइक्रोसफ्टले आफ्नो अफिस सफ्टवेयर मोबाइल प्रयोगकर्ताहरूका लागि समेत उपलब्ध गराउने भएको छ । आईप्याड र एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरूका लागि नयाँ एप्लिकेशन सार्वजनिक गरेको छ ।

पहिले अफिस सफ्टवेयरहरू प्रयोगका लागि आईप्याड प्रयोगकर्ताहरूलाई माइक्रोसफ्टले केही रकम लिने गरेको थियो । माइक्रोसफ्टले आज आईफोनका लागि एप्लिकेशन सार्वजनिक गरेको छ भने एण्ड्रोइड प्रयोगकर्ताका लागि बेटा भर्सनको एप्लिकेशन सार्जनिक गरेको छ ।

माइक्रोसफ्टले यस्तो गर्नुको पछाडिको एक मात्र कारण बजारमा आफ्नो पकड जमाईराख्नु भएको बताइएको छ । माइक्रोसफ्टका नयाँ कार्यकारी निर्देशक सत्या नाडेलाको उपस्थितिपछि माइक्रोसफ्टले आफ्नो बजार जोगाइराख्नका लागि यस्तो सुविधा प्रयोगकर्ताहरूका लागि ल्याएको हो ।

तर, यस एप्लिकेशनमार्फत प्रयोगकर्ताले वर्ड, एक्सेल र पावरप्वाइन्टका डकुमेन्टहरू पढ्न मात्र पाउनेछन् । इडिट गर्न र नयाँ डकुमेन्ट तयार गर्नका लागि प्रयोगकर्ताले ७ डलर प्रतिमहिना तिर्नुपर्ने हुन्छ ।
नाडेला गत फ्रेबुअरीमा सिईओ भएपछि उनले गरेको पहिलो काम नै माइक्रोसफ्टको अफीस प्याकेजलाई मोबाइल प्रयोगकर्ताहरूमाझ पुर्याउनु थियो । उनले एप्पल, आईप्याड र गुगल कम्पनीका एण्ड्रोइड मोबाइलमा अफिस चल्न सक्ने खालको एप्लिकेशन डिजाइन गर्न लगाएका हुन् ।


  •  
  •  
  •