माइक्रोम्याक्स ‘क्यानभास निट्रो ए ३१०’ बजारमा

86
  •  
  •  
  •  

Canvas Nitro A310 (1)काठमाडौं, २६ कात्तिक (ओएनएस) : माइक्रोम्याक्स ‘क्यानभास निट्रो ए ३१०’ नेपाली बजारमा भित्रिएको छ । आकर्षक बनावटको यो मोवाइलमा आधाुनिक प्रविधिहरु छ ।

१ दशमलव ७ गिगाहर्ज ‘ट्रुओक्टा कोर प्रोसेसर’ले फोनमा भएको एप्लिेकेशनको प्रदर्शन बढाउछ ।  ५ इन्चको एचडी आइपीएस डिस्प्लेयुक्त ‘डाइनामिक कन्ट्रास्ट’ र कलर भाइव्रन्सी छ जसले स्तरीय गुणस्तरको ग्राफिक प्रदान गर्छ ।

एण्ड्रोइड ४ दशमलव ४ किटक्याट मा चल्ने यो फोनबाट भ्वाइस सर्च,गुगल ड्राइभलगायत सुविधाहरु प्रयोग गर्न सकिन्छ ।

१३ मेगाप्किसलको क्यामराबाट जिवन्त तस्विर लिन सकिन्छ । त्यस्तै सेल्फी खिच्नका लागि ५ मेगापिकसलको फ्रण्ट क्यामरा पनि छ । क्वीक लुक,स्मार्ट अलर्ट,कस्टुमाइज स्मार्ट जेस्टरलगायत सुविधाहरु उपलब्ध छन् ।


  •  
  •  
  •