माइक्रोम्याक्सले ल्यायो सबैभन्दा सस्तो एन्ड्रोइड फोन

52
  •  
  •  
  •  

काठमाडौ, ५ भदौ (एजेन्सी) : माइक्रोसफ्टले एन्ड्रोइड ४.४.२ किटक्याट स्मार्टफोन बजारमा ल्याएको छ । Bolt A065 मोडेलको उक्त स्मार्टफोनको मूल्य मात्र ६ हजार रहेको छ । तर, कम्पनीले यो स्मार्टफोन बजारमा आएको घोषणा भने आधिकारिक रूपमा गरेको छैन् ।

micromax-bolt-a065माइक्रोम्याक्स Bolt A065 डुअल सिम राख्न मिल्ने र ४ इन्चको टिएफटि डिस्प्ले स्क्रिन रहेको छ । यसमा १.३ गिगाहर्ज डुअल कोर प्रोसेसर प्रयोग गरिएको छ । यस्तै यसमा ५ सय १२ एमबी र्याम प्रयोग गरिएको छ ।

यसमा २ मेगापिक्सेलको क्यामरा प्रयोग गरिएको छ भने स्मार्टफोनमा फ्रन्ट क्यामरा समेत रहेको छ । यसमा ४ गिबिको स्टोरेज क्षमता छ भने यसलाई ३२ जिबिसम्म थप्न सकिन्छ ।

स्मार्टफोन सेतो रंगको कभरमा मात्र इबे र सोहोलिक मात्र किन्न पाइन्छ । इबेले उक्त स्मार्टफोन ७ हजार ५ सयमा बिक्री गर्ने गरेको छ भने सोहोलिकले ६ हजारमा बिक्री गरेको छ ।

यसको टक टाइम ७ घण्टा र ९ सय घण्टा स्ट्याण्डबाई रहेको छ । यसमा जिपिआरएस, वाई-फाई, ब्युटुथ, जिपिएस र माइक्रो युएसबी कनेक्टिभिटी अप्सन रहेका छन् ।


  •  
  •  
  •