माईक्रोबस दुर्घटना एकको मृत्यु ५ घाईते

227
  •  
  •  
  •  

रुपन्देही, १४ कात्तिक(ओएनएस) : बुटबलबाट भैरहवातर्फ जादै गरेको लु १ ख ७२७२ नम्बरको माइक्रोबस मणिग्राम नजिकै दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।

माइक्रोबस रूपन्देहीको मणीग्राममा ओभरट्याक गर्ने क्रममा अनियन्त्रित भएर रुखमा ठोक्किँदा बुटवलका १८ वर्षीय विवेक थापाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता रामेश्वर कार्कीका अनुसार थापा अर्कै बसका सहचालक हुन् । दुर्घटनामा घाइतेहरुको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको छ ।


  •  
  •  
  •