पहिरोले खोलामा पुर्यायो माइक्रोबस, २ को मृत्यु…(फोटोफिचर)

124
  •  
  •  
  •  

micro bus accident in palpaपाल्पा, २३ साउन(ओएनएस) : सिद्धार्थ राजमार्ग अन्तरगतको माथिल्लो सिद्धाबाबा नजिकै यात्रुबहाक माइक्रो बस पहिरोले बगाएर खोलामा पुर्याउँदा २ जनाको मृत्यु भएको छ । पाल्पाबाट बुटवलतर्फ आऊँदै गरेको लु १ ख ५७७१ नम्बरको माइक्रो बस तिनाऊ नदीमा खसेको हो ।

प्रारम्भिक जानकारी अनुसार माइक्रो बस पहिरोले सडकबाट खोलामा खसालेको हो । पहिरो झर्ने क्रम नरोकिएको र उद्धारकार्यका लागि आवश्यक पर्ने सामग्री काठमाडौबाट मगाइएकाले उद्धारकार्य सुरू हुन नसकेको प्रहरीले जनाएको छ । माइक्रोमा कति यात्रु कति थिए भन्ने कुनै जानकारी नभएपनि २० जना जति भएको अनुमान गरिएको छ ।

पहिरोका कारणा पाल्पा बुटवलस सडक अबरूद्ध छ। पाल्पाका प्रमुख जिल्ला अधिकारी सहित शसस्त्र र नेपाली सेनाको टोली पनि घटनास्थल पुगेको छ । रूपन्देही तर्फबाट पनि उद्धारका लागि सुरक्षााकर्मीकाे टोली पुगेको छ ।
micro bus accident in palpa1
micro bus accident in palpa2 micro bus accident in palpa3 micro bus accident in palpa4 micro bus accident in palpa5 micro bus accident in palpa6 micro bus accident in palpa7


  •  
  •  
  •