अष्ट्रेलियाका कप्तान क्लार्कलाई क्रिकेटबाट लखेटिने डर

130
  •  
  •  
  •  

michael-clarkeकाठमाडौ, १ फागुन(एजेन्सी) :  विश्वकप सुरू हुँदा अष्ट्रेलियाका नियमित कप्तान भने अहिले मनमा डर पालेर बसेका छन् । घाइते भएका कारण विश्वकप क्रिकेटको पहिलो खेलमा खेल्न नसक्ने भएपछि उनले शुक्रबार आफ्नो मनमा डर पलाएको बताएका हुन् ।

उनले घाइते भएको घटनाबाट आफू क्रिकेटबाटै बाहिरिनु पर्ने अवस्था आउन सक्ने सम्भावना रहेकोमा आफूलाई डर पैदा भएको बताएका छन् । ३३ वर्षीय क्लार्कले पहिलो खेलमा इङल्याण्डसँग खेल्न नसक्ने भएपछि आफूलाई क्रिकेटबाट सन्यासका लागि दवाव आउन सक्ने छ भन्दै आफ्नो भाग्यमा विश्वास गर्दै त्यसलाई स्विकार गर्ने बताएका छन् ।

‘जब भारतसँगको एडिलेड टेष्ट क्रिकेटमा म घाइते भए, मैले सोचे की यो नै मेरो अन्तिम खेल हुन सक्छ ।’ डेली टेलिग्राफसँग कुरा गर्दै उनले भने, ‘म विगत ६ महिनामा चौथो पटक घाइते भएको छु र मेरो ढाडले पनि दुःख दिने गरेको छ ।’

उनले यदी एडिलेड टेष्ट नै अन्तिम भएपनि मलाई कुनै पश्चाताप भने हुनेछैन् ।

क्लार्क बंगलादेशविरूद्ध २१ फ्रेबुअरीमा ब्रिसबनेमा हुने खेलमा टोलीमा फर्कने आशा गरिएको छ ।


  •  
  •  
  •