फाइनलमा आफ्नो अन्तिम खेल खेल्दै अष्ट्रेलियाली कप्तान क्लार्क

243
  •  
  •  
  •  

michael-clarkeकाठमाडौ, १४ चैत(एजेन्सी) : अष्ट्रेलियाली क्रिकेट टोलीका कप्तान माइकल क्लार्कले एकदिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । आईतबार मेलबर्न क्रिकेट मैदानमा हुने आइसीसी क्रिकेट वर्ल्ड क्रिकेटको फाईनल क्लार्कको अन्तिम एकदिवसीय क्रिकेट प्रतियोगिता हुनेछ ।

उनी क्रिकेटबाट सन्यास लिने क्रममा आफ्नो साथमा वर्ल्ड कप ट्रफी पनि साथमा लिएर जाने सोचमा छन् र यसका लागि उनले आफ्नो सम्पूर्ण शक्ति फाइनलमा लगाउनेछन् । माइकल क्लार्कले २ सय ४४ एकदिवसीय क्रिकेट खेलमा ४४.४२ को औसतले ७ हजार ९ सय ७ रन बनाएका छन् भने ५७ विकेट पनि लिएका छन् ।

रिकी पोन्टिङपछि उनले अष्ट्रेलियाली टोलीको कप्तानी सम्हालेका थिए । क्लार्कले अष्ट्रेलियाका लागि ७३ एकदिवसीय क्रिकेट खेलमा कप्तानी गरेका छन् । यसक्रममा ४९ खेल जितेका छन् भने २१ वटा खेलमा पराजयको सामना गरेका छन् । यस्तै, ३ खेल नतिजाबिना नै सकिएका थिए ।

क्लार्कको कप्तानीमा अष्ट्रलियाले दोस्रो विश्वकप खेलिरहेको छ । सन् २०११ को वर्ल्ड कप क्वाटरफाइलमा हारेर अष्ट्रेलिया विश्वकपबाट बाहिरिएको थियो । जबकी जारी विश्वकपमा भारतलाई सेमिफाइनलमा पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।

क्लार्क लामो समयदेखी ब्याक इन्जुरीबाट पीडित बनेका थिए । विश्वकपभन्दा पहिले सोही चोटका कारण भारत-इङल्याण्डविरूद्धको ट्राई सिरिजमा खेल्न सकेका थिएनन् । यो क्लार्कको २ सय ४५ औ एकदिवसीय खेल हुनेछ । क्लार्कले टेष्ट भने खेलिरहनेछन् ।


  •  
  •  
  •