प्रदेश २,५,६ र ७ को बैठक सम्पन्न, कुन प्रदेशमा के-के भयो निर्णय ?

2306
  •  
  •  
  •  

काठमाडौं,२१ माघ (ओएनएस): प्रदेश २, ५, ६ र ७ को प्रदेशसभाको पहिलो बैठक सम्पन्न भएको छ।

प्रदेश २ को जनकपुर, प्रदेश ५ को बुटबलव, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को कैलालीमा प्रदेशसभाको बैठक बसेको थियो।

पहिलो बैठकमा चारवटै प्रदेशमा जेष्ठ सदस्यले बैठक सञ्चालन गरेकाहुन् । बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिले संबोधन गरेका छन् । र्बैठकले अन्तरिम कार्यविधि पारित गर्नुका साथै सभामुख निर्वाचनको मितिसमेत तोकेका छन् ।

प्रदेश-२

प्रदेश २ को पहिलो बैठक जनकपुरमा सम्पन्न भएको छ । पहिलो बैठकको जेष्ठ सदस्य बलदेव शर्मा पोखरेलले सभामुखको हैसियतमा सञ्चालन गरेका थिए ।

प्रदेशसभा पहिलो बैठकले सभामुखको चुनाव आगामी फागुन २ गते गर्ने निर्णय गरेको छ । बैठकहलमा शुरुमै मधेस आन्दोलनका शहीदहरुको फोटो नराखेको भन्दै राजपाका सा‌ंसदले केहि बेर बैठक अवरुद्ध पारेका थिए । प्रदेशसभाको दोस्रो बैठक भने माघ २९ गते बस्ने भएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका एक एक जना सा‌ंसदले संबोधन गरेका थिए भने एमालेका दुई जना सांसदले संबोधन गरेका थिए ।
प्रदेश-५
प्रदेश ५ को पहिलो बैठक बुटवलमा सम्पन्न भएको छ । प्रदेशसभा बैठकले सभामुख र उपसभामुख नहुदा संसद सञ्चालनका लागि ५ सदस्यीय समिति गठन गरेको छ ।

समितिमा नेकपा एमालेका कमलराज श्रेष्ठ, नेकपा माओवादी केन्द्रका दधीराम न्यौपाने, नेपाली कांग्रेसका अष्टभूजा पाठक र राष्ट्रिय जनमोर्चाका तारा जिसी रहेका छन् । बैठकमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिले सम्बोधन गरेका थिए।

प्रदेश-६ 
प्रदेश ६ को सुर्खेतमा आयोजित पहिलो प्रदेशसभा बैठकमा बोल्ने ४ दलका प्रदेश सांसदहरुले अब राज्यव्यवस्था पनि परिवर्तन भइसकेको भन्दै अब प्रदेशका स्रोत र साधनको प्रयोग गरेर प्रदेश समृद्धिको बाटोमा लाग्ने बताएका छन् । बैठक जेष्ठ सदस्य हिमबहादुर शाहीले सञ्चालन गरेका थिए ।

बैठकमा नेकपा एमालेका यामलाल कँडेल, नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही, नेपाली का‌ंग्रेसका जीवनबहादुर शाही र राप्रपाकी शोसिला शाहीले संबोधन गरेका थिए । बैठकस्थलमा पत्रकारलाई प्रवेश गर्न दिइएको थिएन ।

प्रदेश-७

प्रदेश ७ को पहिलो प्रदेशसभा बैठक कैलालकिो धनगढीमा सम्पन्न भएको छ ।

जेष्ठ सदस्य दिव्येश्वरी शाहले सञ्चालन गरेको बैठकले सभामुख र उपसभामुख चयनका लागि ५ सदस्यी समिति गठन गरेको छ । बैठक माघ २९ गते बस्ने गरि स्थगित भएको छ ।


  •  
  •  
  •