मिट मार्ट सञ्चालनमा

232
  •  
  •  
  •  

रुपन्देही । एक करोड १७ लाख रुपैयाँको लागतमा यम्मी फ्रोजन फुड्स तथा जय माता वागेश्वरी इन्भेष्मेन्ट प्रालीको संयुक्त लगानीमा नेपालगन्जमा मिट मार्ट सञ्चालनमा आएको छ ।

प्रदेश नम्बर ५ भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशुपक्षी तथा मत्स्य विकास निर्देशानलय, बुटवलको ५० लाख अनुदानमा नेपालगन्जको विपिचोकमा मिट मार्ट सञ्चालनमा आएको हो ।

मिट मार्टको उद्घाटन गर्दे मन्त्री आरति पौडेलले मीटमार्टले भारतीय किसान भन्दा स्थानीय किसानलाई प्रोत्साहन गर्नुपर्नेमा बताइन् ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले गुणस्तरीय मासुका लागी यसले महत्वपुर्ण भुमीका खेल्ने बताउँदै अन्य व्यवसायीहरुलाई पनि गुणस्तरीय र स्वस्थ मासु उत्पादन गनुपर्ने बताइन् ।

कोहलपुरका मेयर लुट बहादुर रावतले जथाभावि झींगा भन्केको र खुला रुपमा मासु बेच्ने व्यापारीलाई पनि सानै ठाउँमा भएपनि सफा र स्वस्थकर मासु बेच्न आग्रह गरे ।


  •  
  •  
  •