काठमाडौं, २५ असार (एजेन्सी) :
अर्जेन्टिनी सुपरस्टार लिओनल मेस्सीले व्यक्तिगत गोल्डेन बुट भन्दा विश्वकपको उपाधि जित्न चाहेको बताएका छन् । जारी विश्वकपमा हालसम्म सबैभन्दा बढि गोल गरेका कोलम्बियाका जेम्स रोड्रिग्वेजले ६ गोल गरेका छन् । यद्यपि उनको टोली क्वाटरफाइनलबाट बहिरिसकेको र धेरै गोल गर्ने सुचीमै रहेका नेयमार खेलबाट बञ्चित भएकोले मेस्सीलाई गोल संख्या थपि गोल्डेन बुट आफ्नो बनाउने मौका छ । मेस्सीले चार गोल गरेका छन् भने उनीसँगै जर्मनीका थोमस मुलरले पनि समान चार गोल नै गरेका छन् । मेस्सीको टोली अर्जेन्टिनाले विहीबार सेमिफाइनलमा नेदरल्याण्डको सामना गर्नेछ ।
बार्सिलोनाका फवार्ड मेस्सीले हरेक खेलाडीका लागि विश्पकप जित्नु ठूलो कुरा रहने बताए । फाइनलमा पुग्ने विश्वासका साथ मेस्सीले कप्तानको रुपमा आायोजक ब्राजिलसँग खेल्न पाए त्यो अवसर र चुनौती दुवै हुने बताए ।