मेसीले पाँचौपटक जिते फिफा बालोन डि’आर अवार्ड

322
  •  
  •  
  •  

fifa ballon dor award messiकाठमाडौँ, २८ पुस(ओएनसए) : बार्सिलोनाका स्टार लिओनेल मेसीले यसपटकको फिफा बालोन डि’आर अवार्ड जितेका छन् । योसँगै उनले उक्त अवार्ड पाँचौ पटक जितेका छन् ।

आइतबार राती स्वीट्जरल्याण्डको ज्युरिचमा फिफा बालोन डि’आरको विजेता घोषणा भएको थियो । प्रशिक्षक, पत्रकार र फुटबल अधिकारीको मतका आधारमा वर्ष फुटबलर बन्ने क्रममा मेसीले रियल मड्रिडका पोर्चुगाली स्टार क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका ब्रजिलियन स्टार नेयमारलाई पछि पारेका हुन् ।

अन्तिम तिनमा परेका तीनमध्ये मेसीले ४१.३३ मत प्राप्त गरेर उक्त अवार्ड हात पारेका हुन् । गत वर्षको विजेता रोनाल्डो दोस्रो स्थानमा रहेका छन् । उनले २७.७६ प्रतिशत मत प्राप्त गरेका थिए भने पहलो पटक अवार्डको दावेदारका रूपमा अन्तिम तीनमा परेका बार्सिलोनाका ब्राजिलियन स्टार नेयमारले ७.८६ प्रतिशत मत प्राप्त गरेका थिए ।

fifa ballon dor award messi and carli lioydमेसीले यसअघि चार पटक उक्त अवार्ड जितेका थिए । तर, मेसीलाई सन् २०१३ र २०१४ मा रोनाल्डोले पछि पारेका थिए । अवार्ड जितेपछि आफूले बाल्यकालमा सपना देखेभन्दा धेरै भएको मेसीले बताए ।

यस्तै, महिलातर्फको उपाधी अमेरिकाकी कार्ली लोइडले जित्न सफल भइन् । उनले जर्मनीकी सिलिया र जापानकी आया मियामालाई पछि पारेकी हुन् । उनको हृयाट्रिकको मद्दतमा जापानलाई पराजित गर्दै अमेरिकाले महिला विश्वकपको उपाधि जितेको थियो ।

यसैगरी ब्राजिलका वेन्डल लिराले उत्कृष्ट गोल अवार्ड जितेका छन् । फिफा पुस्कास अवार्ड जित्ने क्रममा उनले मेस्सी र इटलीका आलेसान्ड्रो फ्लोरेन्सीलाई पछि पारे ।


  •  
  •  
  •