खेलका क्रममा मेसीको टाउकोमा बोतल प्रहार, नेयमारले ढलाए निकोलसलाई

298
  •  
  •  
  •  

messi hit by bottle1काठमाडौ, १६ मंसिर(एजेन्सी) : स्पेनिस फुटबल लिग ला लीगामा सर्जियो ब्रेसक्वेट्सको गोलको मद्धतले बार्सिलोनाले भ्यालेन्सियामाथी १-० को जित दर्ता गरेको छ । तर, यही खेलाक क्रममा दुई घटनाका कारण खेल विवादको घेरामा तानिएको छ । बार्लोनाका स्टार खेलाडी नेयमार र भ्यालेन्सियाका निकोलस ओटोमेन्डीकाबीच विवाद भएको थियो भने लियोनेल मेसीलाई एक दर्शकले पानीले भरिएको बोलतले प्रहार गरेका थिए ।

खेलको ९४ औ मिनेटमा गोल गरेपछि खुसी मनाउने क्रममा मैदानको छेऊमा जम्मा हुँदा एक दर्शकले पानीले भरिएको बोतलले प्रहार गर्दा मेसीको टाउकोमा लागेको थियो । बोतल जहाँबाट फ्याँकिएको थियो, त्यो क्षेत्रमा भ्यालेन्सियाका प्रशंसक दर्शकहरूले भिड थियो । उक्त भिडका कारण बोतल कसले फ्याँक्यो भन्ने पत्ता नलागेको बताइएको छ ।

messi hit by bottleभ्यालेन्सियाका फुटबल प्रबन्धकहरुले चाँडै नै हमलाकारी दर्शक पहिचान गर्ने बताउँदै उसलाई आजीवन प्रतिबन्ध लगाइने बताएका छन् । आयोजकले यस घटनाका लागि माफी समेत मागेका छन् ।

यता, खेलका क्रममा निकोलसले नेयमारलाई च्यालेन्ज गर्दा उनी ढल्न पुगे । यसपछि निकोलसले नेयमारको टाउको समाते । निकोलसले आफ्नो टाउको समातेपछि नेयमारले निकोलसलाई टाउकोले प्रहार गर्दै मैदानमा ढालिदिए । यसमा दुवै टोलीका खेलाडी उक्त ठाऊँमा आइपुगे र बहस गर्न लागे । रेफ्रीले यस घटनालाई देखेनन् र नेयमारलाई कुनै सजाय दिएनन् ।


  •  
  •  
  •