मेस्सीले भेट्टाए राउललाई

190
  •  
  •  
  •  

काठमाडौ, २० कात्तिक (एजेन्सी ) : Messiस्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले युरोपीयन च्याम्पियन्स्स लिगमा सबैभन्दा बढि गोल गर्ने कीर्तिमान बराबरी गरेका छन् ।

बुधबााराति भएको अन्तिम ३२ को खेलमा अजक्सबिरुद्ध दुई गोल गर्दै मेस्सीले रियल म्याड्रिडका राउसको ७१ गोल गर्ने कीर्तिमान बनाएका हुन् । च्याम्पियन्स् लिगमा मेस्सीले ९० खेल खेल्दै ७१ गोल गर्दा राउलसले १४२ खेल खेलेका थिए । यता रियल म्याड्रिडका क्रिस्चीयानो रोनाल्डौ पनि १०७ खेलमा ७० गोल गर्दै सबैभन्दा बढि गोल गर्ने सुचिको तेस्रो स्थानमा छन् ।

अजाक्सबिरुद्धको खेलमा मेस्सीले ३६औं र ७६ औं मिनेटमा गोल गरेका थिए । जितसँगै बार्सिलोनाले अन्तिम १६ मा स्थान पक्का ग¥यो । अन्य खेलमा जर्मन च्याम्पियन वर्यन म्युनिखले एटालियन क्लब एएस रोमालाई २–०ले, पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नापोलीलाई १–० ले हराएका छन् ।

जितपछि म्युनिख र पीएसजीले अन्तिम १६ मा स्थान पक्का गरे । यता रसियन क्लब सीएसकेए मस्कोसँग २–१ ले पराजित भएपछि इङ्लिस च्याम्पियन म्यानचेस्टर सिटी अन्तिम ३२ बाटै बाहिरिने सम्भावना बढेको छ । यता एफसी पोर्टाेले एथ्लेटिको बिल्बओलाई २–० ले पराजित गर्दै अर्काे चरणमा स्थान बनाएको छ ।

 


  •  
  •  
  •