मःम खाने प्रतिस्पर्धामा मेस्सीले ड्रोग्वालाई हराए !

277
  •  
  •  
  •  

drogba-messi-namasteकाठमाडौं, ३० कात्तिक (एजेन्सी) : विश्व फुटबलमा स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी जति चर्चित छन् उति नै समर्थक छन् इङ्लिस क्लब चेल्सीका फरवार्ड डिडियर ड्रोग्वाका । दुबैले क्लब र आफ्ना देशका लागि सयौ खेल खेलिसकेका छन् र जित पनि दिलाएका छन् ।

फुटबल मैदानमा पनि यी दुई खेलाडी दर्जनौ पटक आमने–सामने भएका छन् । फुटबल मैदानमा भिड्ने यी दुईबीच यसपटक भने नेपाली परिकार मःम खाने कुरामा प्रतिस्पर्धा भएको छ ।

विश्वभरि उडान भर्ने टर्किस एयरलाइन्सले बनाएको विज्ञापनमा मेस्सी र ड्रोग्बालाई नेपाली मःमः खाने प्रतिस्पर्धामा उतारेको दृश्य देखाइएको छ । विभिन्न देशका परिकार खुवाउन प्रतिस्पर्धा गराइएकोमा नेपाली मःम पनि समावेश छ ।

ड्रोग्बा विश्वका विभिन्न देश भ्रमण क्रममा सबैभन्दा पहिले नेपाल आइपुग्छन् । नेपाली रेस्टुरेन्टमा पसेर पलेटी कस्दै नमस्ते गरी मःमः खान बस्छन्  ।  मःमः खाँदै गर्दा उनले भित्तामा मःमः दिने रेस्टुरेन्टका नेपालीसँग मेस्सीले हात मिलाएको  तस्विर देख्छन्  ।

मेस्सीलाई उछिन्न कुदेका ड्रोग्बा  पहिल्यै मेस्सीले मःमः खाइसकेको देखेपछि जिल्ल पर्दै जापान लाग्छन् । जापानमा पनि त्यहाँको परिकार मेस्सीले पहिल्यै खाइसकेका हुन्छन् । ड्रोग्बा जहाँ पुगे पनि त्यहाँ मेस्सीले हस्ताक्षर गरेर राखेको फोटो देखेपछि उनी हैरान हुन्छन् ।

टर्किस एयरलाइन्सले गत शुक्रवारमात्रै युट्युबमा राखेको यो विज्ञापनको भिडियो करिब १० लाख भन्दा बढिले हेरिसकेका छन् ।

drogba-messi-nepal-


  •  
  •  
  •