काठमाडौं । चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’ बाट बाहिरिएपछि मेनुका पौडेल नेपाल आइपुगेकी छन्।
सोमबार पूर्वको मेचीपुल हुँदै नेपाल आइपुगेकी मेनुकालाई भव्य स्वागत गरिएको छ। भारत सीमावर्ती काँकडभिट्टामा उनलाई नेपालीहरुले अबिर र फूलमालासहित स्वागत गरे। झाँकी र र्यालीसहित मेनुकालाई गाडीमा चढाएर काँकडभिट्टा नगर परिक्रमा गराइएको थियो।
गृहनगर झापाको चारआलीमा आयोजित कार्यक्रममा पनि मेनुकालाई स्वागतसहित सम्मान गरिएको छ। स्थानीयहरूको भव्य स्वागत पाएकी मेनुकाले सबैलाई धन्यवाद समेत दिइन्।
मेनुकाले मिडियासँगको कुराकानीमा इन्डियन आइडलमा सहभागी हुन पाउँदा निकै खुसी लागेको बताइन्।