बन्द म्यानपावर कम्पनी आजदेखि खुल्ने

220
  •  
  •  
  •  

काठमाडौं १९ चैत (ओएनएस) : तीन सातादेखि बन्द म्यानपावर कम्पनी आजदेखि खुल्ने भएका छन् । आन्दोलनरत् व्यवसायीलाई सरकारले औपचारिक वार्तामा बोलाएपछि काम सुचारु गरी वार्तामा बस्न लागेका हुन् । व्यावसायीका अनुसार कार्यालय खुले पनि पूर्वस्वीकृतिका काम भने गरिने छैन । अन्तिम स्वीकृतिका काममात्र हुनेछ । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बिमल ढकालले सरकारको आग्रह बमोजिम वार्तामा बस्नुअघि वैदेशिक रोजगारीका आंशिक काम गर्न कार्यालय खोल्न लागिएको जानकारी दिए ।

आजदेखि अन्तिम स्वीकृतिका काम थाल्ने र सँगै वार्तामा बस्ने तयारी भएको उहाँले जानकारी दिनुभयो । व्यवसायीले विभिन्न माग राखी विगत तीन सातादेखि कार्यालयसमेत बन्द गरेर वैदेशिक रोजगारी कामकारबाही ठप्प पारेका छन । यसैबीच सुरक्षित आप्रवासनका लागि राष्ट्रिय संजालले शून्य लागतमा वैदेशिक रोजगारमा जान पाउनुपर्ने माग गर्दै धर्ना दिंदैछ । काम गर्न विदेश जाँदा सबै खर्च कम्पनीले नै व्यहोर्ने भएकाले शून्य लागतमा जान पाउनुपर्ने माग गर्दै काठमाडौंको भद्रकालीमा बिहान ९ बजे धर्ना दिन लागेको संजालले जनाएको छ ।


  •  
  •  
  •