भट्टराईको ओलीलाई स्मरणपत्र : मधेस आन्दोलन र नाकाबन्दी फरक विषय

212
  •  
  •  
  •  

काठमाडौँ, २१ कात्तिक(ओएनएस) : पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नागरिक समाजको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्मरणपत्र बुझाएका छन् । स्मरणपत्रमा मधेसको आन्दोलन र भारतीय नाकाबन्दीलाई अलग-अलगरुपमा बुझ्न सरकारलाई आग्रह गरिएको छ ।

बाबुराम भट्टराईलगायत केही नागरिक समाजको तर्फबाट बुझाईएको उक्त स्मरणपत्रमा संविधानका असन्तुष्टीलाई संविधान संशोधनमार्फत समाधान खोज्न आग्रह गरिएको छ । पत्रमा भनिएको छ, ‘सरकारबाट अनावश्यक बल प्रयोग र आन्दोलनकारीबाट अराजकताको माध्यमबाट थप मुडभेड ननिम्त्याउने आग्रह गर्दछौं ।’

नागरिक अगुवाहरुले नेपालीलाई राष्ट्रवादी र अराष्ट्रवादीको कित्तामा विभाजित गरेर नहेर्न आग्रह गरेका छन् । देशमा एउटालाई राष्ट्रवादी र अर्कोलाई अराष्ट्रवादी कित्तामा राखेर हेर्ने सोचाइ परिवर्तन गर्न माग गरिएको छ ।

स्मरणपत्रमा दमननाथ ढुंगाना, पद्मरत्न तुलाधर, विद्याधर मल्लिकलगायतले हस्ताक्षर गरेका छन् ।

memorendum for oli by bhattarai

memorendum for oli by bhattarai1


memorendum for oli by bhattarai2

memorendum for oli by bhattarai3


  •  
  •  
  •