सरकार गठन प्रक्रिया अगाडि बढाउन माग

347
  •  
  •  
  •  

काठमाडौं,१७ पुस (ओएनएस): युवा संघ नेपाल र वाइसियल नेपालले निर्वाचन आयोगलाई सरकार गठन प्रक्रिया अगाडि बढाउनका माग गरेकाे छ ।

निर्वाचन अायाेगले मंसिर १० र २१ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभाको मत परिणाम सार्वजनिक भएको भए पनि प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट सार्वजनिक नगरेके मा अाश‌का व्यक्त गरेकाे छ । साेमवार युवा स‌घ र वाइिसयलले निर्वाचन अायाेगलाइ  स‌यूक्तरुपमा ज्ञापनपत्र बुझाउँदै अायाेगले समानुपातिक समानुपातिकतर्फ दलहरुले पाएको सिट सार्वजनिक राष्ट्रपति समक्ष बुझाउने तयारी भइरहेको बुझिएको भएको पनि नबुझाएको ज्ञापन पत्रमा उल्लेख गरेको छ । बाम गठबन्धनको परिणामबाट आत्तिएर भारतीय योजना र सत्तारुढ दल नेपाली कांग्रेसको गठबन्धन फुटाउने,नयाँ सरकार गठन गर्न नदिने खेल भइरहेकाे अाराेप लगाएकाे छ । मुलुकलाई अस्थिरतातर्फ धकेल्ने शक्तिहरु लागिरहेको अबस्थामा आयोगले नै प्रतिनिधि सभाको परिणाम सार्वजनिक गर्न ढिलाई गर्नुमा आशंका उत्पन्न भएको ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

प्रतिनिधि सभा सदस्य ऐन २०७४ को दफा —६० को उपदफा ४ अनुसार समानुपातिक तर्फ विजयी हुनेहरुको सूची दलहरुसंग माग्नु पर्नै कानुनी व्यवस्था भए पनि हाल सम्म नमागेको उल्लेख गरेको छ । प्रतिनिभि सभा निर्वाचन ऐन २०७४ को दफा ६० ले निर्वाचनको परिणाम घोषणा गर्ने बिधि प्रस्ट हुदा हुदै पनि संसदमा ३३ प्रतिशत महिला अनिवार्य भनेको छ । आयोगले राजनीतिदलहरु ३३ प्रतिशत संघिय संसदमा पुर्याउने माध्यम संबैधानिक व्यवस्था हुदा हुदै आयोगले महिलाहरुको प्रतिनिधित्वको बिषयलाई लिएर दलिय झमेलामा झिक्ने विषय गलत मनसायबाट उत्पेरित भएको आशंका विज्ञप्तीमा उल्लेख गरेको छ । संबिधानको मंसद र भावना र निश्पक्षतालाई बुझ्न जरुरी रहेको र संबिधानलाई पूर्ण कार्यान्वयन गर्नका लागि वर्तमान राजनीति गतिरोध अन्त्य गर्नु अायाेग स‌ग माग समेत गरेकाे छ ।

साथै नयाँ सरकार गठन प्रक्रिया अगाडि बढाउन माग गरिएको छ ।ज्ञापनपत्रमा युवा संघ नेपालका अध्यक्ष राजिव पहारी र वाइसिएलका अध्यक्ष रामप्रसाद साप्पकोटाद्धारा हस्ताक्षर गरिएको छ । आयोगले सरकारको आयु लम्बाउने,मुलुकलाई अस्थिरता र गतिहिनता तर्फ लैजाने प्रपच्च नमान्ने र यस्तै गरेपछि आन्दोलनमा जाने चेतावनी समेत दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य रुपमा हुनुपर्ने बताएका छन् । यादवले र त्यसका लागि राष्ट्रियसभा चुनाव हुनुपर्ने भन्दै उनले राष्ट्रियसभा गठन नभई प्रतिनिधिसभाको पूर्णता हुन संवैधानिक र कानुनी जटिलता रहेको बताए ।


  •  
  •  
  •