वैशाख १ गते मेलम्चीको पानी काठमाडौं ल्याऊ : समिति

134
  •  
  •  
  •  

काठमाडौँ २६ कात्तिक(ओएनएस): व्यवस्थापिका संसद विकास समितिले शहरी विकास मन्त्रालय र मेलम्ची खानेपानी विकास आयोजनालाई आयोजनाको टनेल बनाउने मौजुदा कार्य प्रणालीको गतिलाई बढाई समयमा आयोजना सम्पन्न गर्न निर्देशन दिएको छ ।

ह्याल्मो मेलम्ची खानेपानी आयोजनाका विद्यमान चुनौतिहरुलाई समाधान गर्दै निर्धारित समय २०७३ वैशाख भित्रै कार्य सम्पादन गर्न यस्तो निर्देशन दिएको हो

काठमाडौँको वर्तमान खानेपानी माग प्रतिदिन ३६ करोड लिटर रहेको र यस आयोजनाले १७ करोड लिटर मात्र सप्लाई गर्ने भएकाले वर्तमान र भविष्यको मागलाई सम्बोधन गर्न सँगसँगै अन्य कार्य योजनाहरु प्रारम्भ गर्न निर्देशन दिएको छ ।

त्यस्तै मेलम्ची खानेपानी आयोजना सम्पन्न भएपछि उपत्यकाका भक्तपुर, मध्यपुर ठिमी र कीर्तिपुर नगरपालिका समेतका क्षेत्रहरुमा पानी वितरण गर्ने गरी वर्तमान चरणमै कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिएको छ ।

आयोजना स्थलमा आवश्यक पर्ने विभिन्न निकायगत समन्वयकार्यका लागि समय–समयमा मन्त्रालय तथा संसदीय समितिहरुमा समेत आयोजनाको अद्यावधिक स्थिति तथा समस्याहरु अवगत गराउन समितिले सुझाएको छ ।


  •  
  •  
  •