मेगा बैंकले ल्यायो नयाँ वर्षका अफर, भिसा डेबिट कार्ड देखि दुर्घटना बिमासम्म

355
  •  
  •  
  •  

काठमाडौं, २८ चैत (अाेएनएस) : नयाँ वर्षको अवसरमा मेगा बैंक नेपाल लिमिटेडले विभिन्न नयाँ ‘अफर’ हरु सार्वजनिक गरेकाे छ।बैँकले ग्राहकका लागि बचत र मुद्दती खाता अन्तरगत उक्त नयाँ ‘अफर’हरू सार्वजनिक गरेकाे हाे। बैंकले उक्त ‘अफर’ अन्तर्गत ग्राहकहरुको मागलाई लक्षित गर्दै ८ प्रतिशत सर्वप्रिय बचत खाता सञ्चालनमा ल्याएको बैंककाे प्रशासन शाखाले जनाएकाे छ।

बैंकका अनुसार यो ‘अफर’अन्तर्गत लकर सुविधामा शतप्रतिशतसम्म छुटको व्यवस्था छ भने होम बैंकिङ र प्राइभेट बैंकिङ सुविधाको पनि व्यवस्था गरिएको छ। यसैगरी खाता खोल्ने हरेक ग्राहकलाई ५ लाखसम्मको दुर्घटना बिमाको व्यवस्था गरिएको बैंकले जनाएको छ।

त्यस्तै भिसा डेबिट कार्ड, क्रेडिट कार्ड, अनलाइन बैंकिङ, एसएमएस सेवा, एबीबीएस सुविधा, चेकबुक, अकाउन्ट स्टेटमेन्ट, स्टप पेमेन्ट र गुड फर पेमेन्ट सेवा निशुल्क प्रदान गर्ने जनाएको छ।

८ प्रतिशत ब्याज पाइने सर्वप्रिय बचत खाता र ११ प्रतिशत मासिक ब्याज पाइने मुद्दति खाता वैशाख २ गतेबाट सञ्चालनमा आउने बैंकले जनाएको छ।


  •  
  •  
  •