‘मेगा सरल शेयर धितो कर्जा’ योजना सार्वजनिक

269
  •  
  •  
  •  

काठमाडौं, १७ मंसिर(ओएनएस) : मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा सरल शेयर धितो कर्जा’ नामक नयाँ ऋण योजना सार्वजनिक गरेको छ ।

बैंकको उपभोक्ता कर्जा विभागले मंसिर १५ गतेदेखि लागु हुने गरी योजना सार्वजनिक गरेको हो । क बर्गका बैंकहरुको शेयर धितोमा राखी विभिन्न कामका लागि व्यक्तिगत रुपमा ऋण लिन चाहने ग्राहकलाई लक्षित गरी योजना ल्याइएको बैंकले जानकारी दिएको छ ।

यो कर्जाका लागि ८ दशमलव ५ प्रतिशत व्याजदर मात्रै तोकिएको छ । जुन अहिले प्रचलित व्याजदरमा अति नै न्यून हो । यो सुविधा अहिलेका लागि मेगाका उपत्यकाका शाखाहरुबाट मात्र लिन सकिने बताइएको छ ।


  •  
  •  
  •