बालमुद्दामा छलफल गर्न विश्वभरीका सभासद नेपालमा

196
  •  
  •  
  •  

काठमडौं १३ चैत (ओएनएस) :  बालअधिकारका विषयमा छलफल गर्न विश्वभरका सभासदहरु नेपाल आएका छन् । वालमुद्दामा सहकार्य गरी अघि बढ्न विश्वभरिका सांसदहरूको पहिलो बैठक आजदेखि नेपालमा हुँदैछ ।

बैठक आज र भोलि चल्नेछ । विश्वभरिका सांसदहरू सहभागी ‘पार्लियामेन्टरियन्स् विदाउट बोर्डर’ अभियानको संयोजकत्वमा उक्त बैठक आयोजना हुने भएको हो।

बैठकले विश्वभरिका बालबालिकाका अधिकारका लागि सहकार्यका क्षेत्रहरू स्पष्ट गर्ने नेपालबाट कार्यक्रमको संयोजन गरिरहेका नेपाली कांग्रेसका सभासद् डिल्ली चौधरीले जानकारी दिए। नोबेल विजेता सत्यार्थीको अगुवाइमा बालअधिकारबारे विशेष कार्यक्रम आयोजना गरिएको छ।

नोबेल शान्ति पुरस्कार विजेता सत्यार्थी यो बैठकको प्रमुख आतिथि हुन काठमाडौं आइसकेका छन् । विश्वभरिका सांसदहरूलाई बालबालिकाको अधिकार तथा मानवअधिकारबारे आमनेसामने भएर अन्तरक्रिया गर्न बैठकले मौका दिने चौधरीले बताए।

बैठकमा २७ देशका ४० सभासद्हरू सहभागी हुनेछन्। चौधरीका अनुसार बैठकमा नेपालबाट पाँच सभासद् सहभागी हुनेछन् भने दक्षिण एसियाली देशका सांसदहरूको प्रतिनिधित्व रहनेछ।


  •  
  •  
  •