एक्लै विदेशी प्रतिनिधिलाई नभेट्ने

89
  •  
  •  
  •  

काठमाडौं, ३१ असोज (ओएनएस) : सामान्य प्रशासनमन्त्री लालबाबु पण्डिले विदेशी प्रतिनीधि तथा राजदुतहरुसँग भेट्दा परराष्ट्रको डेस्कसँगै भेट्ने तयारी गरेका छन् । नेपालमा राष्ट्रपति र प्रधामन्त्रीसमेतलाई सिधै भेट्दै आएका राजदुतहरुका लागि पण्डितले अहिले परराष्ट्रको च्यानल अनिवार्य गर्दै आएका छन् ।

मन्त्री पण्डिलले ओएनएस न्यूजसँग भने,‘ अहिले मैले परराष्ट्रको च्यानमार्फत भेट्दै आएको छु र आफ्नै मन्त्रालयका कार्मचारीसँगै सानो समूहमा भेट्दै आएको छुँ तर अब परराष्ट्रको सम्बन्धित डेस्कसँगै भेट्ने तयारी गरेको छुँ ।’

सिधै भेट्न खोज्दा परराष्ट्रमन्त्रालयको च्यानल प्रयोग गर्दापनि सम्बन्ध राम्रो भएको पण्डितको भनाई छ । उनले भने,‘ एक जना राजदुत सिधै भेट्न आउँदा मैले फर्काएर परराष्ट्र च्यान मार्फत भट्ने भने खै भेट्दा त उहाँ खुशी नै हुनुहुन्थ्यो ।’ आफू देशको हितमा काम गर्दा सबैलाई अगाडी राखेर छलफल र भेट् गर्दा कुनै फरक नपर्ने मन्त्री पण्डितको भनाई छ ।


  •  
  •  
  •