निर्णायक वार्ता ४ बजे

116
  •  
  •  
  •  

काठमाडौँ, २ मंसिर(ओएनएस) : आन्दोलनरत मधेसी मोर्चा र प्रमुख शीर्ष नेताबीच हुने भनिएको निर्णायक वार्ता आज हुने भएको छ ।

आज ४ बजे सिंहदरबारस्थित राज्य व्यवस्था समितिको हलमा हुने वार्तामा मधेसी मोर्चासँग सीमांकन सम्बन्धी विषयमा गहन छलफल हुने बताइएको छ । नेताहरूले आजको वार्ता निर्णायक हुने बताएका छन् ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रडण्डले वार्तालाई निर्णायक बनाउनका लागि आन्तरिक अनौपचारिक छलफल गरिरहेका छन् । प्रचण्डले प्रधानमन्त्री केपी ओली, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र मधेसी मोर्चाका नेताहरूसँग बेग्लाबेग्लै अनौपचारिक छलफल गरेर मिलनबिन्दु पहिल्याउन पहल गरेका छन् । सरकारी र मधेसी मोर्चाको वार्ता टोलीबीच भएका पटकपटकका वार्ता असफल भएपछि दुवै पक्षका शीर्ष नेताबीच वार्ता थालिएको हो ।


  •  
  •  
  •