२६ सभासद मनोनयनका विषयमा कांंग्रेस–एमालेबीच वार्ता हुने

61
  •  
  •  
  •  

काठमाडौं, ६ भगदौ (ओएनएस): लामोसमयसम्म २६ सभासद नियुक्ती तथा विभिन्न देशमा रिक्त राजनदुत नियुक्तीका विषयमा छलफल गर्न सत्तारुढ घटक कांग्रेस–एमालेबीच वार्ता हुने भएको छ । बिहीबार अपरान्ह चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने वार्तामा विशेषगरी २६ सभासद मनोनयनका विषयमा वार्ता केन्द्रित हुने एमालेले जनाएको छ ।

संविधानसभाको निर्वाचन भएको नौ महिना पुरा भइसक्दासमेत संविधानसभा अपुर्ण भएको भन्दै सरकार तथा दलहरुको आलोचना भइरहेको बेला सत्तारुल दलबीच सोही विषयमा छलफल हुन लागेको हो ।

स्रोतका अनुसार दुई दलबीच २६ सभासद मनोनयनका विषमया सहमति गरी आइतवार बस्ने मन्त्रिपरिषद बैठकले मनोनयन गर्ने संभावना छ । यसअघि नै दलहरुबीच २६ सभासदको विषयमा दलीय भागबढडा भइसकेको छ । जसअनुसार नेपाली कांग्रेसलाई नौ, एमालेलाई सात र एमाओवादीलाई पाँच सभासद दिने सहमति भएको छ । बाँकी पाँच मधेसी दल, राप्रपा नेपाल र साना दललाई दिने सहमति भएको थियो । तर, अहिलेसम्म कुनैपनि दलले आफ्नो भागमा परेको सभासदको टुंगो भने लगाउन सकेका छैनन् ।

यसैगरी दुईदलबीच हुने बैठकमा संविधान निर्माणमा देखिएको राज्यको पुनर्संरचना र शासकीय स्वरुपका विषयमा देखिएको असहमतिका बारेमा समेत छलफल हुने भएको छ । त्यस्तैगरी नेकपा एमालेले उठाउँदै आएको राष्ट्रपति अनुमोदनको विषयमा पनि कुराकानी हुने स्रोतले बताएको छ ।  राज्यको पुनर्संरचना र शासकीय स्वरुपमा आन्तरिक सहमति गरी द्धिपक्षीय सहमति जुटाउने प्रयास स्वरुप छलफल हुन लागेको हो ।


  •  
  •  
  •