बालुवाटारमा त्रिपक्षीय वार्ता सुरू

260
  •  
  •  
  •  

काठमाडौँ, १४ मंसिर(ओएनएस) : मधेसी मोर्चासहितको त्रिपक्षीय छलफल सुरू भएको छ ।

प्रधानमन्त्री केपी ओलीको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा त्रिपक्षीय वार्ता सुरु भएको हो । बैठकमा सीमांकनका विषयमा छलफल केन्द्रित हुनेछ । आजको छलफलमा सबै मुद्दालाई संसोधनप्रस्तावमा समेटिएकाले सीमांकनमा केन्द्रित छलफल गर्ने प्रधानमन्त्रीको तयारी रहेको उनको सचिवालयले जनाएको छ ।

वार्तामा एमालेको तर्फबाट झलनाथ खनाल र माधव कुमार नेपाल, एमाओवादीका तर्फबाट पुष्पकमल दाहाल सहभागी रहेका छन् भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल सहभागी छन् ।
यस्तै, मधेसी मोर्चाकातर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राई, सद्भावना नेता लक्ष्मणलाल कर्ण सहभागी छन् ।

प्रधानमन्त्री ओलीले आइतबार आन्दोलनरत पक्ष, प्रमुख प्रतिपक्ष र सत्तापक्ष गरी त्रिपक्षीय बैठक आह्वान गरेका थिए ।


  •  
  •  
  •