गोकर्णको बैठक निश्कर्ष विहीन

130
  •  
  •  
  •  

 काठमाडौं,४ कात्तिक (ओएनएस): संबिधानका विवादित बिषयमा सहमतिको लागि मंगलवार गोकर्ण रिसोर्टमा बसेको तीन दलका शीर्ष नेताको बैठक निश्कर्ष विना सकिएको छ ।

संबिधानसभाको संबैधानिक, राजनीतिक संवाद तथा सहमति समितिको अग्रसरतामा विवादित बिषयमा सहमतिको प्रयास गर्न तीन दलीय बैठक बसेको हो ।
बैठकमा सहमति हुन नसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस उपसभापति रामचन्द्र पौडेल बैठकस्थलबाट बाहिरिएका छन् ।

तीन दलका अन्य नेताहरु भने रिसोर्टमै रहेर छलफल जारी राख्ने भएका छन् । भोलि फेरि नौ बजेदेखि शीर्ष नेताहरुको बैठक सुरु हुनेछ ।
संबिधानसभाले विवादित बिषयमा सहमतिको लागि संवाद समितिलाई १५ गते सम्मको समय दिएको छ ।
दलहरुबीच संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणलीको बिषयमा विवाद छ ।


  •  
  •  
  •