छोटो त्रिपक्षीय वार्ता निष्कर्षबिहिन

161
  •  
  •  
  •  

काठमाडौँ, २४ मंसिर(ओएनएस) : सरकार, प्रमुख विपक्षी दल र मधेसी मोर्चाबीच त्रिपक्षीय वार्ता बिना कुनै ठोस सहमतिमा टुङ्गिएको छ । निकै छोटो समय भएको वार्तामा प्रदेशको सीमांकन, समानुपतिक समावेशी प्रतिनिधित्व लगायतका सम्बन्धमा छलफल भएपनि कुनै सहमति जुट्न सकेन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा भएको उक्त वार्तामा केही सकारात्मक परिणाम निस्कने विश्वास गरिएपनि कुनै बिना कुनै निष्कर्ष टुङ्गिएको हो । वार्ताबाट बाहिरिएका नेताहरूले पत्रकारसँग गरेको संक्षिप्त कुराकानीमा वार्तामा मधेसी मोर्चाले राखेको मागका सम्बन्धमा छलफल भएको भएपनि कुनै निष्कर्षमा पुग्न नसकिएको बताएका छन् । उनीहरूले अर्को वार्तामा यस सम्बन्धमा थप छलफल हुने बताएका छन् ।

आजको वार्तामा सरकारले सारेको तीन बुँदे प्रस्तावका विषयमा छलफल गर्ने तयारी गरेको थियो । यता मधेसी मोर्चाले पनि आफ्ना ११ बुँदे मागलाई प्रमुख रूपमा अगाडि सार्ने बताएका थिए ।

मधेसी मोर्चाले वार्तामा पुननिर्माण विधेयक संसदमा पारित गर्न दिने जानकारी दिएका छन् । लामो समयदेखी संसद अवरूद्ध भएका कारण पुन:निर्माणसम्बन्धी प्राधिकरण विधेयक पारित हुन नसक्दा पुन:निर्माणको कार्य नै अन्यौलमा परेकाले उक्त विधेयक पारित गर्न सहयोग गर्ने भन्दै आजको संसद बैठक सुचारू गर्न दिने जानकारी दिएका हुन् । आज अपरान्ह ५ बजे संसदको बैठक बस्ने भएको छ ।


  •  
  •  
  •