काठमाडौं, ११ साउन (ओएनएस) : उच्चस्तरीय राजनीतिक समिति गठन, २६ सभासद मनोनयन, व्यवस्थापिका संसद अन्र्तगतका समितिका सभापति चयन लगायतका विषयमा छलफल गर्न आईतवार बस्ने भनिएको तीन दलको बैठक स्थगित भएकोछ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण बैठक भोली बस्ने गरी स्थगित भएको जनाइएको छ । एमाले महासचिव इश्वर पोखरेलले ओएनएस न्युज सँग भने “पूर्व निर्धारित समय अनुसार हामी पुग्यौँ तर भोली बिहान बस्ने गरि बैठक स्थगित भएछ ।”