तीन दल र राप्रपा नेपालबीच छलफल जारी

266
  •  
  •  
  •  

Baluwatar-PMकाठमाडौ, २४ भदौ(ओएनएस) : संविधान निर्माणको प्रक्रियामा आफ्नो विमती राख्दै संविधानसभाबाट बाहिरिएको राप्रपा नेपालसँग अहिले तीन दलले छलफल गरिरहेको छ ।

आफ्ना मागहरू सम्बोधन नहुने देखेपछि संविधान निर्माणको प्रक्रियाबाट अलग्गिने निर्णय गर्दै राप्रपा नेपाल बुधबार संविधानसभाबाट बाहिरिएको थियो । राप्रपा नेपालले हिन्दु राष्ट्रको माग गर्दै आइरहेको छ ।

तीन दलले राप्रपा नेपाललाई संविधानसभामा फिर्ता ल्याउने प्रयास स्वरूप यो छलफल गरिरहेको हो । राप्रपा नेपाललाई वार्ताबाट समस्या समाधान गर्न सकिने बताउँदै वार्ताका लागि आग्रह गरेपछि वार्तामा बसेको हो ।

राप्रपा नेपाल र तीन दलबीच सहमति हुन सके, राप्रपा नेपाल पुनः संविधानसभा फर्किने आकलन गरिएको छ । बैठक बालुवाटारमा जारी छ ।


  •  
  •  
  •