बाबुराम भट्टराईको नयाँ शक्तिबारे भेला आजबाट

136
  •  
  •  
  •  

baburam bhattariकाठमाडौँ, ६ मंसिर(ओएनएस) : नयाँ शक्ति गठनका विषयमा छलफल गर्नका लागि बाबुराम भट्टराई पक्षको भेला आजबाट हुँदैछ ।

आज चावहिलको एक पार्टी प्यालेसमा हुन लागेको दुई दिने भेलाले नयाँ शक्तिको अभियानलाई मूर्तरूप दिने तयारी गरिएको छ । नयाँ शक्तिको कार्यसमिति बनाएर अगाडि बढ्नका लागि बाबुराम पक्षका नेताहरूले दवाव दिइरहेपनि बाबुरामले भने कार्यसमिति गठन गर्ने पक्षमा छैनन् । भेलामा कार्यसमिति गठन, आगामी रणनीतिका सम्बन्धमा छलफल हुने र बाबुरामले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ ।

भेलामा भट्टराई समर्थन र नयाँ शक्ति निर्माणको अभियानमा लागेकाहरुको सहभागिता रहनेछ । असोज ३ गते संविधान जारी भएको ६ दिनपछि तत्कालीन राजनीतिक संवाद तथा सहमति समिति सभापतिसमेत रहनुभएका भट्टराईले सांसद र एमाओवादी दुवैबाट राजीनामा घोषणा गरेका थिए ।

भट्टराईले तराई मधेसकेन्द्रित रहेको संघिय समाजवादी फोरमसँग पहिलो चरणमा कार्यगत एकता गर्ने तयारी छ । भट्टराईले विभिन्न राजनीतिक दलका कार्यकर्ता, बुद्धिजीवी, उद्योगी व्यवसायीसँग छलफल गरिरहेका छन् ।


  •  
  •  
  •