तीनदलबीच कुरा मिलेन

93
  •  
  •  
  •  

काठमाडौं, ५ असोज (ओएनएस) : केही सातादेखि जारी व्यवस्थापिका संसदको गतिरोध खुलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच आइतवार बिहान भएको छलफल बिनानिष्कर्ष टुंगिएको छ।

संसद सचिवालय सिंहदरबारमा भएको छलफलमा उच्चस्तरीय राजनीतिक संयन्त्रको कार्यक्षेत्र र सहभागिताको विषयमा कुरा नमिलेपछि बैठक दिउसो २ बजे फेरि बस्ने गरी टुंगिएको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी बताए। ‘कुरा केही मिलेको छैन, उनले भने, ‘दिउसो २ बजे हामी फेरि छलफल गर्छौं।ुएमाले महासचिव ईश्वर पोखरेलले संयन्त्र बनाएर सदनको गतिरोध खुलाउने विषयमा छलफल भए पनि कुनै निष्कर्षमा पुग्न नसकेको जानकारी गराए।
बैठकमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, बाबुराम भट्टराई, नेकपा एमालेका अध्यक्ष केपी ओली, ईश्वर पोखरेल र कांग्रेसबाट रामचन्द्र पौडेल, महेश आचार्यलगायत सहभागी थिए।


  •  
  •  
  •