पछि हट्यो नेकपा–माओवादी

257
  •  
  •  
  •  

काठमाडौं ३१ भदौ (ओएनएस): नेकपा माओवादीले अन्तिम समयमा आएर  सर्वपक्षीय सम्मेलनमा भाग नलिने निर्णय गरेको छ। बालुवाटारमा प्रमुख तीन दलसँग झण्डै‌ दुई घन्टा छलफलपछि माओवादी यस्तो निर्णयमा पुगेको हो। विशेषत वैद्य माओवादीको माग अनुसार आज नौ बजेदेिख अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा सम्मेलन तय गरिएको थियो।
अन्तिममा उनीहरुले विभिन्न बखेडा झिकेर बिथोल्न खोजेको आरोप कांग्रेस, एमालेले नै लगाएका छन्। का‌ग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले माओवादी आएपनि नआएपनि सम्मेलन हुने बताएका छन्। वैद्य सहितको सर्वपक्षीय सम्मेलन अझै सुरु भएन
संविधानका अन्तरवस्तुमा संविधान सभा बाहिर रहेका दलको समेत सहमति जुटाउन आयोजना गरिएको सर्वपक्षीय सम्मेलन आयोजना गरिएको हो।

माओवादी प्रधान कार्यालय बुद्वनगरमा बिहान सातै बजे जम्मा भएर माओवादी मोर्चामा आवद्व वीस दलका प्रतिनिधि सम्मेलनस्थल नयाँ वानेश्वर आइसकेका छन्।

संविधान लेखनमा सभा बाहिर रहेका दलको धारणा लिएर अघि बढ्न यो सम्मेलनको आयोजना गरिएको हो । प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री नरहरि आचार्यले ती दललाई पत्राचार गरेर डाकेका हुन् ।

सम्मेलनमा संविधान सभामा भएका र नभएका गरि वभिन्न दलका सय भन्दा बढि प्रतिनिधि उपस्थित हुन्छन् ।

‘संविधानको अन्तर्वस्तुबारे आफ्ना धारणा र सहमति खाज्ने क्रममा यो सम्मेलन डाकिएको हो,’ आचार्यले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘शासकीय स्वरुप, संघीय संरचना, निर्वाचन प्रणाली लगायत मुद्दामा लिखित सुझाव सहित उपस्थित हुनुहोला ।’

भर्दौ २९ गतेका पत्राचार अनुसार संविधान सभाका तीस र माओवादी सहित बाहिर रहेका १८ दलका प्रतिनिधि सामेल हुने कार्यक्रम तय गरिएको थियो ।
एमाओवादीले सम्मेलनमा भाग नलिने बताइसकेपछि कति दलले भाग लिने हो निश्चित भइसकेको छैन।


  •  
  •  
  •