सर्वदलीय बैठक: प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने मुख्य एजेण्डा

267
  •  
  •  
  •  

काठमाडौं, २० पुस (ओएनएस) : प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्नका लागि सहमति खोज्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गरेका छन्।

प्रम देउवाले बिहीबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक डाँकेका हुन्।

बैठकमा प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने मुख्य एजेण्डामाथि सहमति जुटे बिहीबार नै बस्ने मन्त्रिपरिषद् बैठकले त्यसलाई निर्णय गर्ने तयारी छ।

प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनभएपछि देउवाले दोस्रोपटक सर्वदलीय बैठक बोलाएका हुन्।

बैठकमा एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीलगायत दलका शीर्ष नेताको सहभागिता रहनेछ।


  •  
  •  
  •