काठमाडौं, २४ भदौ (ओएनएस) : व्यवसथापिका संसद मातहतको कृषि तथा जलस्रोत र सार्वजनिक लेखा समितिको बैठक बसिरहेको छ । सिंहदरवारमा बिहान ८ बजेदेखि जारी दुवै समितिको छुट्टाछुट्टै बैठकमा कृषि र जलविद्युतको बिषयमा छलफल भइरहेको भए पनि बैठकका एजेन्डाको बारेमा जानकारी नगराइएको सांसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइकेलले जानकारी दिए ।
त्यस्तै संसदको सार्वजनिक लेखा समितिको बैठक पनि सिंहदरबारमा बसिरहेको छ । बैठकमा अखिल नेपाल फुटबल संघ एन्फाको आर्थिक कारोबार र समितिले दिएको निर्देशनको बारेमा छलफल भइरहेको जनाइएको छ ।