काठमाडौं, २४ भदौ (ओएनएस) : राजनीतिक सभाका विषयमा सहमति खोज्न आज शीर्ष तहमा छलफल हुँदैछ । प्रमुखतीनदल छलफलमा जुटेपछि नेकपा माओवादीसँग छलफल हुनेछ । माओवादीले संक्रमणकालीन अवस्थामा राष्ट्रिय महत्वका विषयमा निर्णय गर्न स्थायी खालको संयन्त्र प्रस्ताव गरेपछि राजनीतिक सभा अनिश्चित भएको छ ।
उक्त प्रस्तावका कारण राजनीतिक सभाको प्रक्रियालगायत विषयमा टुंगो लगाउन बनाइएको कार्यदल सहमती नजुटाई सोमबार निस्क्रिय भएको छ । प्रमुख ४ दलका २र२ जना नेता संलग्न कार्यदलमा सहमति नजुटेपछि यो विषय अब शीर्ष नेतृत्वले नै टुंग्याउने भएका छन्