संशाेधन विधेयक निर्णयार्थ पेश गर्ने सरकारकाे प्रस्ताव गठबन्धनद्वारा अस्वीकार,परिमार्जन गर्नुपर्ने अडान

336
  •  
  •  
  •  

gathabandhanकाठमाडौँ, १२ पुस (अाेएनएस) : सरकारमा सहभागी प्रमुख दल नेपाली कांग्रेस, माओवादी केन्द्र तथा  मधेशी मोर्चा र संघीय गठबन्धनमा आवद्ध दलहरुको बालुवाटारमा सम्पन्न बैठकले जारी छलफललाई घनिभूत बनाउँदै एक, दुई दिनभित्रै राजनीतिक सहमति जुटाउने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले २०७४ माघभित्रै तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक प्रावधान रहेको   स्मरण गराए । राजनीतिक निकासका लागि बिलम्ब गर्न नहुने उनकाे धारणा थियाे ।

बैठकमा कांग्रेस र माओवादी केन्द्रका नेताहरुले स्थानीय निर्वाचनको घोषणा गरेर मुलूकलाई निकास दिन र संसदमा दर्ता भएको संशोधन प्रस्तावलाई निर्णयार्थ पेश गर्ने राजनीतिक वातावरणका लागि मधेशी मोर्चासँग सहयोगको आग्रह गरेका थिए ।

मोर्चाका नेताहरुले संसदमा दर्ता संविधान संशोधन प्रस्ताव परिमार्जन गरेर टुंगोमा पुगेपछि निर्वाचनमा जानु उपर्युक्त हुने आफूहरुको धारणा राखेको जानकारी दिँदै राजनीतिक संकटमा समाधानका लागि लचिलो हुने मोर्चा तयार रहेको जानकारी गराए ।

बैठकमा नेताहरुबीच छलफललाई तिब्रता दिएर एक, दुई भित्रै समाधानमा पुग्न प्रयत्न गर्ने समझदारी भएको छ । सरकार सम्वद्ध दलहरुले प्रतिपक्षी दल नेकपा एमाले र मधेशी मोर्चासँग थप छलफल गरेर स्थानीय निर्वाचन, संविधान संशोधन, महाअभियोग लगायतका विषयलाई सहमतिका साथ टुंगाउन पहल गर्ने तयारी गरिरहेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


  •  
  •  
  •